गजल
बोल्दा पनि रिसाउँछौ, यो कस्तो प्रेम हो
रुन्छौ अनि रुवाउँछौ यो कस्तो प्रेम हो ?
भन्छौ आफैले ु भेट यो अन्तिम आज होु
भोली नै भेट्न आउँछौ यो कस्तो प्रेम हो ?
हत्केलामा पटक-पटक आफैले नाम मेरो
लेख्छौ अनि मेटाउँछौ यो कस्तो प्रेम हो ?
सङ्का अनेक गर्दछौ खोजेर बहाना
कुरा आफै बनाउँछौ यो कस्तो प्रेम हो ?
भन्छौ ुयो हाम्रो प्रेमको नगर्नु है कुराु
हल्ला आफै मचाउँछौ यो कस्तो प्रेम हो ?
यस्तै थियो र चाहना बिष्णु को कि कसो
कठ्पुतलीझैँ नचाउँछौ यो कस्तो प्रेम हो ?
गजल
-रुद्र बहादुर श्रीस मगर
गलकोट हरिचौर-३ बागलुङ
देश डुबाउने सामन्तलाई काट्नुपर्छ अब
शोषणका ति काला बादल फाट्नुपर्छ अब
जुर्मुराउँदै उठ्नुपर्छ मुक्तिकामी जनताहरु
को छ गद्दार को देशभक्त छाँट्नुपर्छ अब
सयौंथरि जात जाति सयौंथरि भाषा र भेष
नेपालीकै एकताको डोरी बाट्नुपर्छ अब
कति बस्ने विदेशीको हुकुम सही हामी
कुटनीति हो ठूलो कुरा केही त ढाँट्नुपर्छ अब