मेरो बारेमा

तानसेन, पाल्पा, Nepal

Monday, August 16, 2010

विश्व आदिवासी दिवश





विश्व आदिवासी दिवश





Sunday, July 18, 2010

जिन्दगी

तातो भए जिन्दगी चिया जस्तै पिउनु पर्छ,
चिसो भए जिन्दगी बरफ जस्तै चुस्नु पर्छ,
ठिकै भए जिन्दगी घुटु घुटु पिउनु पर्छ,
जस्तो भए नि जिन्दगी जसरी नि जिउनु पर्छ,
फुल भए जिन्दगी माला बनाई गाँस्नु पर्छ,
खुशी भए जिन्दगी सधैं भरि हाँस्नु पर्छ,
महँगो छ जिन्दगी जोगाएर साँच्नु पर्छ,
त्यसै ले यो जिन्दगी जसरी नि बाँच्नु पर्छ!

Monday, April 12, 2010

HAPPY NEW YEAR 2067



आशा जती तीब्र हुन्छ । उत्साह त्यती नै उग्र हुन्छ । उत्साह जती उग्र हुन्छ मानसिक प्रयत्न पनि त्यती नै प्रचन्ड हुन्छ । अर्को शब्दमा भन्नुपर्दा हाम्रो सारा मानसिक शक्तिको स्वरुप हाम्रो आशा तथा संकल्प हो यही संकल्प र आसा नया बर्षले घनात्मक रुपले पुर्ती होस यही छ नया बर्ष 206 7को शुभकामना यहाँलाई ।

Sunday, April 11, 2010

कहाँ पुग्यो नयाँ संविधान निर्माणको मेलो

प्रेम कान्छामगर
पाल्पा तानसेन २९

संविधान जारी हुने दिन दिन बाँकी बन्ला त नयाँ संविधान ! जनताको बलिदानीपूर्ण आन्दोलन त्याग तपस्याको परिणात्मक स्वरुप देश गणतान्त्रिक अवस्थामा छ भने हामी नयाँ संविधान निर्माण प्रकि्रयामा छौं । २०६२÷०६३ कापे महान् जनआन्दोलन पश्चात इतिहासमै नेपाली जनताले प्रथम पटक आफनो संविधान आफैले बनाउनको लागि संविधानसभाको निर्वाचन गरे र त्यस पश्चात संविधान निर्माण प्रकि्रयाले तिव्रता पायो भने शान्ति प्रकि्रया पनि अगाडि बढ्दै गयो ।

देश अहिले नयाँ संविधान निर्माण प्रकि्रयाको अन्तिम चरण प्रबेश गरेको अवस्थामा यहाँका तमाम आदिवासी जनजाति उत्पीडित वर्ग क्षेत्र लिङ्ग तथा महिला मधेशीको अधिकार संवैधानिक रुपमा नयाँ बन्ने संविधान सुनिश्चत गर्न उनीहरु आन्दोलनरत छन् । सदियौ देखि राज्यको सेवा सुविधाबाट बहिष्ककरणमा पारीएको यहाँ आम आदिवासी जनजाति महिला उत्पीडित वर्ग क्षेत्र तथा लिङ्गको हक तथा अधिकार संवैधानिक रुमिा सुनिश्चि नभई नयाँ नेपालको संविधान निर्माण प्रकि्रयाले पूर्णता पाउने छैन यही सन्दर्भ र पृष्ठभूमीमा देशले नयाँ काचुली सहितको नयाँ संविधान निर्माण प्रकि्रयाले सुचारुपताका साथ अगाडी बढीरहेको भए पनि नयाँ संविधान जारी गर्ने समय सिमा दिनानुदिन छोटिदै जादा पनि राजनीतिक दल तथा तीनका नेताहरु शीर्ष नेतृत्वहरु एक आपसमा पानी बराबारको अवस्थामा रहेका छन् भने हिजो देखिएका प्रतिकि्रयाबादी तत्वहरुले देश विखण्डनको राष्ट्रियता भङ्ग गर्ने खालको कि्रयाकलाप गरिरहेका छन् । अर्को तिर संघीयताको आधार जाति भाषा र क्षेत्रलाई बनाउनु हुदैन भन्नेहरुको बजार हल्लाले पनि आम आदिवासी जनजाति उत्पीडित जाति वर्ग लिङ्ग र क्षेत्रको हक तथा अधिकार फेरी पनि यो वा त्यो बहनामा कण्ठित पार्ने षड्यन्त्र बुनिरहेको छनु ।

यहाँका राजनीतिक दलहरुको सत्ता महोले नेपाली जनताको हक तथा अधिकारलाई कुठाराघात गर्ने कदमले बढावा पाइरहेको अवस्था छ । तर जनताले दिएको म्याण्डेट अनुसारनै आगामी जेष्ठ १४ गते नै नयाँ संविधान जारी हुन पर्दछ र यसको लागि जुन सुकै जति सुकै ठूलो दलले पनि जस्तो सुकै मूल्य चुकाउनु पनि तयार हुनु पर्दछ । संविधान जारी गर्ने समयाबाधि क्रमीक रुपमा छोटीएको अवस्थामा जिम्मेवार राजनीतिक दलहरु आ-आफनै स्वार्थ पूरा गर्न तल्लीन रहेका छन् । संविधान निर्माण प्रकि्रया प्रति गम्भीर र सजक तथा सचेत हुनु पर्नेमा सत्ताको खेलमा दलहरु भासिनु अति दुखदायी कुरा हो । संविधान जारी गर्ने मिति र समय अव ………॥दिन मात्र बाँकी छ । जनताले सोचेको जनताको संविधान जारी होला त यहाँनिर चासोको विषय छ अनि जनताले चुनेर पाठएको ६०१ जना सभासदहरु यत्रो दिन सम्म के गरी दिन विताए खाली तलब भत्ता मात्र पाकाएर बसे भन्ने सिर्जना नआउला भन्न सकिन्न जनताले चाहेको संविधान बनेन् भने देशमा के हो कस्तो परिस्थी सर्िजना होला यो पनि सोच्नु पर्ने राजनीतिक दल । सहमति र सहकार्यको संस्कारलाई यहाँका दलहरुले विसर्िसकेका छन् । संविधान निर्माको सबै भन्दा गम्भिर पक्ष नेपाली जनताको खोसिएको हक तथा अधिकारलाई कसरी स्थापित गर्दे यहाँ आदिवासी जनजातिहरुलाई राजनीतिक रुपले सामाजिक रुपले कसरी माथि उठाउन सकिन्छ भन्ने चिन्ता भन्दा पनि संविधान निर्माण प्रकि्रयालाई पूरै ओझेलमा पारी सरकार बनाउने र सरकार ढलाउने खेलमा लागेका राजनीतिक दलहरुले आज भन्दा लगभग २ बर्ष अघि जनताबाट पाएको म्याण्डेट विसे्रन खोजेका हुन की भन्ने सर्वत्र चिन्ता र चासो बनेको छ । राजनीतिक दलहरु बीचको दुरी क्रमशः बढ्दै जादाँ नयाँ संविधान समयमै संविधान जारी हुन सकेन भने संविधान सभाको बैधानिक प्रश्न उठ्छ की उठ्दैन जस्ता यावत पक्ष प्रश्नहरुले नेपाली जनताहरु पिरोली रहेका छन् । फेरी यदि राजनीतिक सहमतिमै संविधान बने पनि छोटो समयमा बन्ने संविधानले सबै नेपाली जनतालाई न्याय गर्न सक्ला त नेपाली जनताले चाहे जस्तो संविधान नबने अर्को विद्रोह हुने सम्भावना नर्कान सकिन्न ।

दलहरुको ढिला सुस्तीले यहाँका सदियौ देखि दमन अन्याय अत्यचारको जातोमा पिल्सीएका नेपाली नागरिकको हक तथा अधिकार कानूनी रुपमा सुनिश्चि गर्नको खातिर यहाँको नगरिक समाजले दलहरुलाई संविधान निर्माण प्रकि्रयामा संवेदनशील हुन र गम्भिर हुन व्यापक जनदवाव सिर्जना गर्नु जरुली छ । तोकिएको समय सिमा भित्रमा नयाँ संविधान जारी हुन नसके यहाँ राजनीतिक दलहरुको राजनीतिक र संवैधानिक हैसियत समेत धरामपमा पर्ने भएकोले र राजनीतिक दलहरुले आफनो राजनीतिक हैयित गुमाए देशमा नयाँ तनाशासको उदय भई बर्षै अघि देखि दमन र थिचोमिचोमा परेका आदिवासी जनजाति महिला उत्पीडित वर्गजाति भाषा लिङ्गको अधिकार फेरी पनि हनन हुनेछ त्यसैले नागरिक समाजले अब गम्भिर सजक र सचेत भई नयाँ संविधान निर्माण प्रकि्रयामा सम्बन्धित सबै राजनीतिक दलहरुलाई गम्भिर बन्न ब्यापक जनदवाव सिर्जना गर्नु जरुली भईसकेको छ ।

Monday, March 29, 2010

नेपाल मगर विद्यार्थी संघ पाल्पाको पाचौं जिल्ला अधिबेशन सम्पन्न अध्यक्षमा तिलक खाम्चामगर निर्विरोध चयन



प्रेम कान्छामगर
पाल्पा चैत्र १५

नेपाल मगर विद्यार्थी संघ जिल्ला समिति पाल्पाको अध्यक्षमा तिलक खाम्चा मगर निर्विरोध चयन हुनु भएको छ । पाल्पाको तानसेनमा सम्पन्न संघको पाचौ जिल्ला अबिधेशनले खाम्चा मगरलाई अध्यक्षमा चयन गरेको हो । अध्यक्ष पदको लागि उमेम्दवारी दिएका खाम्चा मगर र कृष्ण आले मगर मध्ये आलेमगरले नाम फिर्ता लिएपछि उहा निर्विरोध हुनु भएको हो ।

समितिको सवै पदमा निर्विरोध रुपमा पदाधिकारीहरु च्यन भएका छन् । आगामी १ वर्षको लागि चयन भएको यो कार्य समितिको उपाध्यक्षमा धनी सारुमगरसचिवमा टेकु ढेगामगर सहसचिवमा तेज बहादुर घर्तीमगर र कोषाध्यक्षमा विपना थापामगर सर्वसम्मतिले चुनिएका छन् । समितिको सदस्यहरुमा प्रेम कान्छामगर सृजना चिदीमगर सृजना कुवर मगर ओम बहादुर सारुमगर दुर्गा ढेंगामगर शमसेर सारुमगर सुन्दर थापामगर देवी खासुमगर राजु रानामगर र बम बहादुर रानामगर रहेका छन् । खाली रहेको २ वटा पदमा समावेशीलाई मध्यनजर गरी पदाधिकारीको छनौट गरिने निर्वाचन मण्डलका अध्यक्ष मोहन थापामगरले जानकारी गराउनु भयो । संघको बन्द सत्रले सचिव पवन सारुमगरले प्रस्तुत गर्नु भएको सांगठनिक प्रतिवेदन र कोषाध्यक्ष पुष्पा झेडीमगरले प्रस्तुत गर्नु भएको करीव २ लाख ३५ हजार रुपैया बराबरको आर्थिक प्रतिवेदनलाई पारित गरेको थियो । संघले जिल्ला समितिको दोस्रो र तेस्रो कार्यकलामा अध्यक्ष भई संगठनलाई फएको योगदानको कदर गर्दे पुर्व अध्यक्ष हरि बहादुर सारुमगरलाई कदर पत्र र खादाले सम्मान गरेको थियो ।
यस अघि भएको उद्घाटन शत्रमा बोल्दै प्रमुख अतिथि रिखिराम रानामगरले जातिय राज्य दिदा देश टुकि्रन्छ भन्नु दरिद्र मानसिकताको उपज मात्र भएको उल्लेख गर्नु भयो । उहाले जातिय जनसंख्याको आधारमा समानुपातिक अधिकार नदिएमा त्यसको विरोधमा नेपाल मगर विद्यार्थी संघले आवाज उठाउने बताउदै यसको लागि सवै विद्यार्थीहरु तयार रहन आग्रह गर्नु भयो । नेपाल मगर विद्यार्थी संघका केन्द्रिय बरिष्ठ उपाध्यक्ष समेत रहनु भएका रानामगरले मगर विद्यार्थी संघ विशुद्ध सामाजिक संस्था भएकोले संघमा आएर राजनिति नगर्न सवैलाई आग्रह गर्दै हक अधिकार सुनिश्चित गर्न मगरहरुले रानितिक सचेतना लिएर मात्र हुदैन राजनीतिमै होमिनु पर्छ भन्नु भयो । यस्तै विशिष्ट अतिथि नेपाल मगर संघका केन्द्रिय सदस्य मोहन थापामगरले नेपालमा हाल सम्म बनेका कुनैपनि संविधानहर मगर लगायत आदिबासी जनाजातिहरुको पक्षमा नरहेकोले अव बन्ने संविधानमा पनि यो क्रा दोहोरिन सक्ने भएकाले यसतर्फ सवै मगरहरु चनाखो भएर अघि बढ्नु पर्नेमा जोड दिनु भयो ।
उद्घाटन शत्रमा नेपाल मगर संघका केन्द्रिय सदस्य लालु रानामगर मगर विद्यार्थी संघका केन्द्रिय सदस्यहरु ह्रिता थापामगर र पुष्पा झेडीमगर नेपाल मगर संघका जिल्ला अध्यक्ष बल बहादुर रानामगर उपाध्यक्ष बल बहादुर गाहामगर आदिबासी जनजाति राष्ट्रिय समन्वय परिषद पाल्पाका उपाध्यक्ष ज्ञान बहादुर गाहामगर मगर विद्यार्थी संघका अन्चल उपाध्यक्ष सन्तोष थापामगर स्ववियू सभापति हरिबोल भट्टराई राजकुमार आलेमगर लालिसं थापामगर रन बहादुर रानामगर हरि बहादुर सारुमगर र टेकु ढेगामगर लगायतले मगरहरुको हकअधिकारलाई नया संविधानमा सुनिश्चित गराउन र शहीद लखन थापामगरलाई प्रथम शहिद घोषणा गर्न माग गरेका थिए । नेपाल मगर विद्यार्थी संघ जिल्ला समिति पाल्पाका अध्यक्ष दशरथ अस्लामीमगरको अध्यक्षता र सचिव पवन सारुमगरको सन्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । अबिधेशनमा पाल्पा जिल्ला भित्रका विभिन्न क्याम्पसहरुमा गठित ईकाई समितिहरुका मगर विद्यार्थीहरु सहभागी भएका थिए ।

Sunday, March 14, 2010

स्थापना दिवसको अवसरमा साक्षात्कार कार्यक्रम

प्रेमकान्छा मगर
पाल्पा फाल्गुण २८

नेपाल मगर विद्यार्थी संघ जिल्ला समिति पाल्पाले आफनो १६ औं स्थापना दिवसको अवसरमा वर्तमान सन्दर्भमा हाम्रो भूमिका विषयक प्रशिक्षणात्मक साक्षात्कार कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि नेपाल मगर विद्यार्थी संघका केन्द्रिय बरिष्ठ उपाध्यक्ष रेखीराम रानामगरले मगर विद्यार्थीको आन्दोलनलाई सही ढंगले बुझेर अगाडि बढ्नु पर्ने बताउनु भयो । उहाँले नयाँ नेपाल निर्माण अभियानलाई सशक्त ढंगले आत्मसाथ गर्दै आएको मगर विद्यार्थीहरु वर्तमानमा अझ सचेत जागरुक र शसक्त भएर अघि वढ्नुपर्नेमा जोड दिनु भयो ।
पाल्पा जिल्ला भित्रका विभिन्न क्याम्पसमा गठित ईकाई समितिका विद्यार्थीहर सहभागी भएको प्रशिक्षण कार्यक्रममा प्रशिक्षक टोप अस्लामीमगरले संविधान निमार्ण र समाज परिवर्तनमा मगर विद्यार्थीहरको नेतृत्वदायी भूमिका हुनु पर्नेमा जोड दिनु भयो । मगर विद्यार्थी संघ पाल्पाका प्रमुख सल्लाहकार समेत रहनु भएका अस्लामीमगरले वर्तमान अवस्थामा नेपाल मगर विद्यार्थीहरुले अन्र्तर विकास र अन्तरमुखी विकास दुवैको समेत महत्वपूर्ण भूमिका खेल्नु पर्ने बताउनु भयो । उहाले भोलिको राज्य सत्ता प्राप्तीको लागि आजैबाट सामजिक सत्ताको अभ्यास गर्नु पर्ने समेत बताउनु भयो । संघका जिल्ला अध्यक्ष दशरथ अस्लामी मगरको अध्यक्षतामा संचालन भएको सो कार्यक्रममा नेपाल मगर विद्यार्थी संघका केन्द्रिय सदस्य पुष्प झेंडी लुम्विनी अाचल उपाध्यक्ष सन्तोष थापामगर नेपाल मगर संघ पाल्पाका जिल्ला सदस्य रन बहादुर रानामगर र पूर्व अध्यक्ष तथा सल्लाहकार हरि बहादुर सारु लगायतले जातिय जनसंखयाको आधारमा हरेक क्षेत्रमा समानुपातिक सहभागतिाको माग गरेका थिए । उनीहरुले यस किसिमको कार्यक्रमले मगर विद्यार्थीहरुलाई आफ्नो हक अधिकार सुनिश्चित गर्न र समाज परिवर्तनमा महत्वपूर्ण भूमिका खेल्नमा सहयोग गर्ने समेत बताएका थिए । विसं २०५१ सालमा नेपाल मगर विद्यार्थी संघको स्थपना भई यसको छैठौ महाधिबेसन पाल्पाको तानसेनमा यही गएको माघ ८ र ९ गते पाल्पामा सम्पन्न भएको थियो ।

Thursday, March 11, 2010

AA

आई.एल.ओ.महासन्धि नं. १६९, नेपालका आदिवासी जनजातिका हक–अधिकार, अवसर तथा चुनौतिहरु

संग्राम लामा

पृष्ठभूमी

नेपाल विवीध संस्कृती, जातजाती, भाषा–भाषी एवं धार्मिक विविधतायूक्त एक बहुजातिय देश हो। यस्तो हुदा हुदै पनि राज्यको “एकल–जाति, एकल–संस्कृति, एकल–भाषा, एकल–भेष तथा एकल–धार्मिक नीतिले” गर्दा अहिले अमूल्य सामाजिक तथा साँस्कृतिक विविधतालाई गम्भीर खतराको मोडमा पुर्‍याई दिएको छ। राज्यको यसप्रकारको विभेदकारी नीतिले गर्दा नेपालका सवै आदिवासी जनजातिहरुको पहिचान तथा अस्तित्वलाई समेत जोखिमयूक्त पारेको छ। नेपालका आदिवासी जनजातिहरुले करीब डेढ दशक अगाडी देखि आई.एल.ओ. महासन्धि नं. १६९ अनुमोदन हनुपर्दछ भनी आवाज उठाउदै आएको फलस्वरुप नेपाल सरकारले यसलाई २०६४ सालको हिउँदे अधिवेशन मार्फत पारित गरेर यो महत्वपूर्ण अभिसन्धि यहि २०६५ भदौ २९ गते देखि नेपालमा लागु भइसक्यो। यसरी नेपाल उक्त महासन्धि पारित गर्ने विश्वको उन्नाईसौ र एशियाको फिजी पछि दोस्रो राष्ट्र भएको छ। यसरी आदिवासी जनजातिका हक–अधिकारहरु सुरक्षित गरिएको आई.एल.ओ. महासन्धि पारित भएपछि नेपालका आदिवासी जनजातिहरुको हक–अधिकारको सुनिश्चितताको लागी सैद्धान्तिक रुपमा बाटो खुलेको छ। यस महासन्धीलाई नेपाल सरकारले अनुमोदन गरी सकेपछि यसले नेपालका हामी सवै आदिवासी जनजातिहरुमा खुशी, हौसला एवं प्रेरणा जगाए पनि यसको प्रभावकारी कार्यान्वयन भने कम चुनौतीपूर्ण छैन। यसै सर्न्दभमा यो महासन्धि के हो, यस संग नेपालका आदिवासी जनजातिसंगको सम्बन्ध, यसले सुरक्षित गरेका आदिवासी जनजातिका हक–अधिकारहरु, यि सवै हक–अधिकार प्राप्त गर्न कस्को के दायित्व र भूमिका रहन्छ, अव कसले के गर्नु पर्छ, यसको प्रभावकारी कार्यान्वयनको लागि र कार्यान्वयन गर्न आईपर्ने बाधा अडचन के–के हुन आदि वारेमा यो छोटो लेखमा समेटने प्रयास गरेको छु ।

आई.एल.ओ. महासन्धि नं. १६९ भनेको के हो?

यो महासन्धि एक अन्तराष्ट्रिय कानून हो जसद्धारा विश्वभरीका आदिवासी तथा ट्राइबलहरुको हक–अधिकारहरुको ग्यारेन्टी गर्दछ। अर्को शब्दमा भन्ने हो भने यो महासन्धि भनेको विश्वको धेरै राज्यहरु एक आपसमा मिलेर आफुहरुलाई लागु हुने गरी बनाएको एक अन्तराष्ट्रिय कानून हो। आदिवासी र ट्राइबल समूहसंग सम्बन्धित महासन्धि नं. १०७ लाई सन १९८५ मा पुनरावलोकन गरी यो महासन्धि ल्याएको हो। यसलाई अनुमोदन गर्ने राष्ट्र वा सरकार एवं आदिवासीहरुसंग सम्बन्धित काम गर्ने जुनसुकै निकाय वा संघ–संस्थाहरुले यसलाई अनिवार्य रुपमा पालन वा कार्यान्वयन गर्नु पर्दछ र यदि त्यसको पालन नभएमा वा त्यसको उल्लघंन भएमा त्यस विरुद्ध अड्डा, अदालत तथा अन्तराष्ट्रिय निकायहरुमा उजुरी गर्न सकिन्छ। त्यसै कारणले गर्दा यसलाई कानूनी रुपमा बाध्यात्मक दायित्व बोकेको अन्तराष्ट्रिय कानून पनि भनिन्छ।

नेपाल तथा आई.एल.ओ. महासन्धि नं. १६९ बीचको सम्बन्ध

आई.एल.ओ. महासन्धि नं. १६९ लाई सरकारले अनुमोदन गरोस भनेर नेपालका सम्पूर्ण आदिवासी जनजातिहरुले करीब डेढ दशक अगाडी देखि आवाज उठाउदै आएको सवै सामू प्रष्ट छ। यसलाई सरकारबाट पारित गराउन विभिन्न जातिय संघ–संस्थाहरु, जनजातिका सांसद तथा सभासदहरु, काठमाडौं स्थित आई.एल.ओ. कार्यलय, नेपाल आदिवासी जनजाति महासंघ, आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान, जनजाति नेता तथा विज्ञहरु एवं जनजाति कार्यकर्ताहरुले ठूलो भूमिका निभाएका थिए। यसै सन्दर्भमा नेपाल आदिवासी जनजाति महासंघले यस महासन्धिबारे आदिवासी जनजातिहरुका लागी क्षेत्रिय एवं राष्ट्रिय स्तरको कार्यशाला गोष्ठि आयोजना गरी देशका विभिन्न राजनीतिक दलहरुका नेताहरु उच्च ओहदामा रहेका सरकारी कर्मचारीहरु, नीति निर्माताहरु, नीति कार्यान्वयनकर्ताहरु, कानूनविदहरु, मानवअधिकारवादीहरु, नागरिक समाजका अगुवाहरु र पत्रकारहरु सवैलाई यस महासन्धिको बारेमा जानकारी दिई त्यस प्रति सम्वेदनशील बनाउन ठूलो कसरत गरेको थियो किनकी राज्यबाट सदियौ देखि पछाडी पारीएका र हेपिएका नेपाली आदिवासी जनजातिहरुको हक–अधिकारको सुनिश्चितताको लागी नीतिगत योगदान गर्न सकोस भनेर अन्तराष्ट्रिय स्तरमा आदिवासी जनजातिहरुको हितका लागी व्यवस्था गरिएको यस महासन्धिलाई नेपाल सरकारले सजिलै पारित गर्ने वाला थिएन र त्यसको लागि राष्ट्रिय एवं अन्तराष्ट्रिय स्तरबाटै ठूलो दवावको आवश्यकता थियो। यसको साथै आदिवासी जनजातिहरुलाई भूमी तथा प्राकृतिक श्रोत–साधन सम्बन्धि अधिकार, सहभागीताको अधिकार, मौलिक अधिकार, आफुसंग सम्बन्धित वा आफुलाई असर पार्ने नीति निर्माण तथा त्यसको कार्यान्वयन गर्ने ठाँउमा पहुँच, सहभागीता एवं नियन्त्रण, मानव अधिकार एवं आधारभूत स्वतन्त्रता, स्व–पहिचान, आत्म–निर्णयको अधिकार, साँस्कृतिक अधिकार, शिक्षा, स्वास्थ्य एवं सामाजिक सुरक्षाको अधिकार आदिको कानूनी रुपमा प्रत्याभूती गर्न यो अन्तराष्ट्रिय महासन्धिको अनुमोदनको माग आदिवासी जनजातिहर्के गर्दै आएका थिए। यस महासन्धिमा उल्लेखित प्रावधानहरु र नेपालका आदिवासी जनजातिहरुको विविध सवालहरु एक–आपसमा अन्तर–सम्बन्धित, महत्वपूर्ण र संवेदनशील भएता पनि विशेष गरी जल, जमीन, जंगल, जैविक विविधता तथा प्राकृतिक श्रोत–साधनहरुमा आदिवासी जनजातिहरुको पहुँच, सहभागिता एवं नियन्त्रणलाई प्रमुख मान्न सकिन्छ किनकी नेपालका आदिवासी जनजातिहरुले सदियौं देखि भोग–चलन गर्दै आएको जल, जमिन, जंगल एवं प्राकृतिक श्रोत–साधन माथीको पहुँच, सहभागिता एवं नियन्त्रणलाई उनिहरुबाट अलग्याउन राज्य समेत योजनाबद्ध र संगठित रुपमा लागेको तथ्य अहिले सम्म चलिआएको नेपालको कानुनले प्रष्ट देखाउछ र जुन हामीले अहिले सम्म पनि भोगी आएका छौं, जसको फलस्वरुप हामी भूमीपुत्रहरुको जातिय, भाषिक, साँस्कृतिक एवं धार्मिक पक्षहरु अहिले संकटग्रस्त अवस्थामा गुजि्ररहेको छ। आफ्नै भूमीमा पनि हामीहरु “परदेशी” जस्तो भएर अभावै–अभावको जीन्दगी विताउन बाध्य भएका छौं।

तर्सथ प्रचलित नेपालको नियम–कानूनका विभेदपूर्ण शब्द–जाल, काँइते वाक्य तथा वाक्यांशहरु लाई हटाएर मात्र यो महासन्धिको प्रभावकारी कार्यान्वयन गर्न सकिन्छ। नेपाल सन्धि ऐन, २०४७ (दफा ९) मा नेपाल सरकार पक्ष भएको कुनै सन्धीको कुरा प्रचलित कानून संग बाझिएमा सो सन्धिको प्रयोजनको लागी बाझिएको हदसम्म प्रचलित कानून अमान्य हुने र त्यस सम्बन्धमा सन्धिको व्यवस्था लागु हुने प्रावधान भएको हुनाले महासन्धि नं. १६९ का प्रावधानहरु नेपाल कानून सरह हुनेछ र नेपालका कानूनी प्रावधानसंग बाझिएका महासन्धिमा उल्लेखित प्रावधान नै लागु हुनेछ। यो महासन्धिको अनुमोदन गरिसकेपछि नेपाल सरकारका विभिन्न तहका सरकारी निकायहरु, दातृ संस्थाहरु र अन्य निकायहरुले गरेका कुनै कामहरुले आदिवासी जनजातिहरुलाई नकरात्मक असर पुगेको हुनु हुदैन र त्यस्तो काम गर्नु अगाडी उनिहरुसंग अग्रिम परामर्श–जानकारी लिनु–दिनु पर्दछ।

महासन्धि नं. १६९ मा आदिवासी जनजातिहरु सम्बन्धि हक–अधिकारहरु के के छन?

हुन त यो छोटो लेखमा यो महासन्धिमा भित्रका आदिवासी जनजातिहरुको हक–अधिकार सम्बन्धि के कस्ता प्रावधानहरु छन त्यसको पूर्ण व्याख्या–विस्तार गर्न सकिन्न। यति हुदा–हुदै पनि यसमा रहेका विविध कानुनी प्रावधान बारे छोटकरीमा यहाँ चर्चा गरिएको छ। यस महासन्धिमा खासगरी तिन वटा नीति वा प्रावधानहरु जस्तैः सामान्य नीति, विशेष नीति तथा प्रशासनिक नीति तथा व्यवस्थालाई समावेश गरेको छ। तदनुरुप सामान्य नीति वा प्रावधान अर्न्तगत आदिवासीहरुको अस्तित्व, मानवअधिकार, आधारभुत स्वतन्त्रता, आफ्नो चलिआएको रितीरिवाज, परंम्परागत कानूनको सम्मान, आफ्नो विषयमा वा आफूलाई प्रत्यक्ष प्रभाव पार्ने विषयमा परामर्श, छलफल र सहभागी हुन पाउने अधिकार आदी पर्दछन। त्यस्तै विशेष नीति वा प्रावधान भित्र भूमी तथा प्राकृतिक श्रोत–साधन माथीको अधिकार, शिक्षामा समान पहुँचको अधिकार, रोजगारीमा समान अवसर र पहुँचको अधिकार, ट्रेड यूनियन गठन गर्न पाउने अधिकार, स्वास्थ्य एवं परंम्परागत उपचार बीधिलाई संरक्षण सम्वर्धन गर्न पाउने अधिकार, सामाजिक सुरक्षा एवं सिमा वार–पार गर्न पाउने अधिकार र आदिवासीहरुको प्रथा र प्रथाजनित कानुनलाई राष्ट्रिय कानून तथा अन्तराष्ट्रिय मानव अधिकारका मापदण्ड संग मेल खाने गरी चलि आएको प्रथा र संस्थाहरुलाई निरन्तरता दिने अधिकार आदि पर्दछन। यसैगरी राज्यले अन्य समूह सरह सवै प्रकारका नीति, निर्णय गर्ने निर्वाचित निकायहरुमा प्रशासनिक र अरु नीति तथा योजना बनाउने निकायहरुमा आदिवासी जनजातिहरुले पनि समान हिभागी हुन पाउने अधिकारको प्रत्याभूतिको लागी उचित संयन्त्र बनाउनु पर्ने, त्यसको लागी सरकारले उचित व्यवस्थापन सहजीकरण र आवश्यक श्रोत–साधन जुटाई दिनु पर्ने पनि महासन्धिमा उल्लेख गरेको छ। यसको साथै आदिवासी जनजातिहरुको जन–जीवन, आस्था, विश्वास, भोग–चलन गरी आएको कार्यक्रमहरुको तर्जुमा, कार्यान्वयन र त्यसको मूल्याङ्कनमा सहभाग हुन पाउने अधिकार पनि यस महासन्धिमा रहेको छ। यि माथी उल्लेखित सबै हक–अधिकारहरु आदिवासी जनजाति महिला पुरुष दुवैले बराबर कुनै भेदभाव बिना उपभोग गर्न पाउने व्यवसथा यस महासन्धिले गरेको छ।

यसरी यस महासन्धिका प्रावधानहरु सरकारले लागु गर्दा उक्त समुदायहरुलाई प्रत्यक्ष असर पार्ने कानूनी वा प्रशासनिक कदमबारे छलफल गर्दा उनिहरुसंग वा उनिहरुको प्रतिनिधी संगठन मार्फत छलफल वा अग्रिम परामर्श लिनु पर्दछ। नेपाल सरकारले यस महासन्धिसंग बाझिने कानून तथा नीतिहरु एक वर्ष भित्रमा आदिवासी जनजातिहरुको प्रतिनिधीहरुको सक्रिय सहभागतिामा विस्तृत अध्ययन गरी आई.एल.ओ. मा पठाउनु पर्ने प्रावधान रहेको छ। त्यस्ते यो महासन्धि लागु भएको एक वर्ष पछि पहिलो प्रतिवेदन, दुई वर्ष पछि दोस्रो प्रतिवेदन र प्रत्येक पाँच बर्षमा आवधिक प्रतिवेदन नेपाल सरकारले आई.एल.ओ.मा पेश गर्नु पर्ने कानूनी पनि प्रावधान यसमा रहेको छ।

अब कसले के–के गर्ने?

यो आई.एल.ओ. महासन्धि नं १६९ लाई सरकारद्धारा पारित गर्नु एक पक्ष हो भने अर्को महत्वपूर्ण पक्ष भनेको यसको इमान्दारीपूर्वक प्रभावकारी कार्यान्वयन गर्नु हो। कानुनको सार्थकता त्यसको सफल कार्यान्वयन निहीत हुन्छ। यो महासन्धिलाई नेपालमा लागु गर्न नेपाल सरकारले ६ महिना अघि स्थानिय विकास मंत्रालयको सचिवको संयोजकत्वमा २४ वटा मंत्रालयका सचिवहरु सहितको कार्ययोजना समिती गठन गरेको थियो तर उक्त समितीले तोकिएको समयमा काम गर्न सकेन र यस महासन्धिको कार्यान्वयन गर्न सरकारले तत्कालको लागी कुनै ठोश कार्ययोजना बनाएको छैन। महासन्धि पारित गर्ने तर कार्यान्वयन नहुने विसंगती बाट यदि सरकार मुक्त हुन सकेन भने महासन्धिका प्रावधानहरु पुस्तकको काँउली बन्न पुग्नेछन, जसलाई हेर्न मात्र सकिन्छ तर तरकारीको रुपमा खान सकिदैन। विगतमा भएका धेरै सन्धि, महासन्धिहरुको नियती यस्तो हुनुमा कार्यान्वयनको चरणमा गर्नु पर्ने कार्ययोजना तथा अनुगमन संयन्त्रको अभाग मूख्य कारण बनेको हामी सवैलाई थाहा छ। त्यसैले आई.एल.ओ. महासन्धि १६९ को कार्यान्वयन भए नभएको हेर्नु अव आम जागरुक नागरिक समाजको कर्तव्य हुन्छ र त्यसमा पनि विशेष गरी नेपाल आदिवासी जनजाति महासंघ, नेपाल आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान, सवै जातिय संस्थाहरु सवैको अति महत्वपूर्ण भूमिका रहन्छ। यसको लागी सरकार इमान्दार र जिम्मेवार भएर यस महासन्धिको अक्षरशः प्रभावकारी कार्यान्वयन गर्न कानूनी तथा प्रशासनिक परिर्वतन गर्नु पर्छ भने अर्को तर्फ आदिवासी जनजाति समुदायहरु पनि यस महासन्धि अन्तर्गत आफुले पाउनु पर्ने हक–अधिकारको बारेमा सचेत हुनु त्यत्तिकै आवश्यक पर्दछ।

त्यसकारणले सरकारले योजनाबद्ध तवरले आदिवासी जनजातिहरुको हक–अधिकारलाई संरक्षण एवं सम्वर्धन गर्न र उनिहरुको क्षमता तथा नैतिक मूल्य मान्यताहरुलाई प्रत्याभूति हुने व्यवस्था आदिवासी जनजातिहरुको सक्रिय सहभागीतामा गर्नु पर्दछ । यसको साथै देश भित्र रहेका अन्य समूहहरु संगको समान हैसियतमा राष्ट्रिय कानुन तथा नीतिहरुले प्रदान गर्ने अधिकार सुविधा एवं अवसरहरुलाई सम्पूर्ण आदिवासी जनजाति समुदायहरुले उपभोग गर्न पाउने कानूनी व्यवस्था मिलाउन पर्छ। त्यसैले अब यो महासन्धिमा व्यवस्था भए बमोजिम आदिवासी जनजाति एवं श्रमिकहरुसंग सम्बन्धित मंत्रालयहरु जस्तैः श्रम, स्थानिय विकास, भूमि सुधार, जलश्रोत, पर्यटन तथा नागरिक उड्यन मंत्रालय आदिमा यो महासीन्धमा उल्लेख प्रावधान अनुरुपको राष्ट्रिय कानूनहरु निर्माण गर्नु पर्छ, जसको लागी सरकारले नेपाल आदिवासी जनजाति महासंघ, आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान, आदिवासी जनजाति बिज्ञहरु, विभिन्न जातिय संघ–संस्थाहरु, नागरिक समाजका अगुवाहरुका साथै आई.एल.ओ.संग छलफल, अन्तरक्रिया, परामर्श एवं सहकार्य गरी विद्यमान कानूनहरुको विस्तृत अध्ययन, अनुसन्धान गरी त्यसमा आवश्यक परिर्वतन गर्नु पर्दछ।

माथि भने अनुसार यहि २०६५ भदौ २९ गते देखि यो महासन्धि नेपालमा लागु भइसकेपछि पनि वास्तविकता के हो भने यस महासन्धी भित्र आदिवासी जनजातिहरुको हक–अधिकार बारे के–कस्ता प्रावधानहरु छन् त्यस्को वारेमा प्रायः धेरै सरकारी निकायका कर्मचारीहरु, आदिवासी जनजाति सभासद्हरु, जनजाति नेता तथा कार्यकर्ताहरु, जातिय संघ–संस्थाका नेता तथा कार्यकर्ताहरु, पत्रकार

Monday, March 8, 2010

prem&anju

सकारात्मक सोच तथा नेतृत्व विकास तालिम सम्पन्न

2066/11/24
तस्विरः- तेजु

(नेपाल मगर बिद्यार्थी संघ पाल्पाका अध्यक्ष दशरथ अस्लामी मगर तानसेन बहुमुखी क्यामपस ईकाई समिति ले आयोजना गरेको नेतृत्व विकास तथा सकारात्मक सोच तालिमको उद्घाटन गर्दै)

प्रेमकान्छा मगर
पाल्पा तानसेन २४

नेपाल मगर विद्यार्थी संघ तानसेन बहुमुखी क्याम्पस इकाइ समिति पाल्पा १ दिने सकारात्मक सोच तथा नेतृत्व विकास तालिम आज तानसेनमा सम्पन्न भएको छ ।
नेपाल मगर विद्यार्थी संघ पाल्पाका जिल्ला अध्यक्ष दशरथ अस्लामीमगरले उक्त तालिमको उद्घाटन गर्दे अध्यक्षले स्थापना काल देखि आज सम्म आईपुग्दा यस्ता खाले बौद्धिक कार्यक्रम गर्न अगाडि बढ्कोमा खुसी व्यक्ति गर्नु भयो साथै संघिय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न र मगरागत स्वायत्तता स्थापना गराउन मगरहरु दृढताका साथ एक भएर अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।
तालिमले नयाँ पिढीका युवाहरुलाई सहयोग पुग्ने र नेतृत्व विकासमा पनि थप निखारता आउने ध्ययेले यो तालिमको आयोजना गरिएको आयोजकले बताए उक्त तालिममा प्रत्येक इकाई क्याम्पसबाट प्रतिनिधित्व गरी आएका मगर विद्यार्थीहरु गरी करिब ३७ जनाको सहभागिता रहेको थियो ।
तालिममा सहभागि विपना थापामगरले यस्ता खाले बौद्धिक कार्यक्रममा इकाई क्याम्पसबाट प्रतिनिधित्व गरेर आउनु पाउदा आफूलाई गर्भ लागेको बताए साथै अझै थप ईकाई समितिबाट धेरै सहभागिता गराउन पाए म जस्त अन्य साथीहरुले पनि यस किसिमको तालिमले अन्य धेरै साथीहरुलाई पनि फाईदा पुग्ने बताए ।
तालिम बेश पाल्पाका पुस्तकाय संयोजक देव ढेंगामगर टेकु ढेंगामगर र असबीर सारुमगरले सहजीकरण गर्नुभएको थियो ।

Sunday, March 7, 2010

नेटवर्क बिजिनेस

किन्दर राई
कजवे-बे हंगकंग
raikindar@gmail.com

मलाई अति इमान्दार लागेको एकजना भाइले धेरै वर्षको अन्तरालमा फोन गरेर भन्यो दाई तपाईसँग एउटा बिजिनेसको कुरा गर्नु थियो कहिले तिर फुर्सद हुन्छ भेटेर कुरा गरौन। हो न हो सानो तिनो आफ्नै बिजिनेस गर्ने भाइले आफ्नो बिजिनेस बिस्तार गर्ने भएकोले सल्लाह गर्ने बिचार गरेछ होला, सोझो मान्छे यही सोचियो। भोलीपल्ट भेट्ने सल्लाह बमोजिम कजवेबे स्थित भिक्टारिया पार्क नजिकको एउटा कमर्सियल बिल्डिग तर्फ लिएर गयो भाईले। उ त्यही बिल्डिंगको १३ तलामा हो, भाइले देखाउँदै भन्यो। भाइको बिजिनेस त पहिले ग्राउण्ड लेभलमा थियो तेसैले शंका लाग्यो।

तर बिजिनेसको प्रकृती धेरै किसिमको हुन्छ। सामान्य उपभोग्य बस्तुको ब्यापार त कैयौ तलामाथि हुनसक्छ भने भाइको बिजिनेस पनि १३ तलामा हुनु स्वाभाविकै होला ठानें। हेर्नुहोस न दाई म यो बिल्डिंगमा कैयौ पटक आएको रहेछु तर यो १३ तलामा नपुगेको रहेछु। भाईमा लुकेको रहस्यमय प्रायश्चितको महसुस गरें मैले। भाईको बिजिनेसलाई केहि मोडिफाइड गरिएको होला, यहि सम्झें। अनि मैले भाइलाई सोधें, “भाइले यहाँ बिजिनेस गर्नु थालेको चाही कति भयो नी ?” “यहाँ लागेको त भरखर हो। उता पहिलेको मा चाही एकजना मान्छे राखेकोछु र म यता अब पुर्णकालीन भएर लाग्ने बिचार गरेकोछु, भविस्य एकदम राम्रोछ।” यसो भनेपछि मैले यतीसम्म थाहापाएँ यो बिजिनेस भाइको साबिकको भन्दा भिन्दै रहेछ।

१३ तलाको एउटा भब्य फ्लाटमा प्रबेश गर्नु भन्दा अगाडि आइडि कार्ड देखाउनु पर्दो रहेछ। कुनै एउटा सेक्युरिटी कम्पनीबाट नेपाली नै सेक्युरिटी गार्ड राखिएको रहेछ। कम्पनीको हलभित्र प्रवेश गरेपछि भाइले कम्पनीको नाम भएको साइबोर्ड देखाउदै कम्पनीको छोटो परिचय दिए। कम्पनीको नाम रहेछ डिसिएचएल। भित्तामा टाँसि रहेको ३ जनाको संयुक्त फोटो देखाउँदै यस कम्पनीको मुख्य बोस भनेर चिनाए। बोस ताइवानको र पार्टनर फ्रान्सको रहेछ। मुख्य हलभित्र प्रवेश गरिसक्दा म एउटा सानोसानो मेलामा प्रवेश गरे जस्तो लाग्यो कताकता मकाउको जुवा घर जस्तो लाग्ने जताततै मान्छेको झुण्ड झुण्ड देखिन्थ्यो र टेबुल वरिपरि गफ गरि रहेको थियो। एकजनाले २,३ जना ४,५ जनालाई पर्ढाई रहेको थियो। एक ठाउँमा भने सानोसानो लेक्चर नै भइ रहेको थियो त्यहाँ सबैजसो चाइनिजहरु थिए। दाइने पटिको तल्लो कर्नर साइडमा नेपाली र इण्डियनहरुको झुण्डहरु थियो। भुइको कार्पेट जताततै नांगो काठ देखिने गरि दोब्रिएको त कतैकतै फाटेको थियो र धुलैधुलोको पत्रहरु घिनलाग्दो गरि देखिन्थ्यो। जथाभावी राखिएका सानासाना र्‍याकहरुमा पुस्तक पत्रिकाहरु लथालिंगसँग छरि रहेका थिए। मलाई लिएर जाने भाइले अली सिनियर भाइलाई बोलायो र परिचय गरायो। त्यो नयाँ र सिनियर भाइले भेट्ने बितिक्कै सोधि हाल्यो , “तपाईलाई यहाँ आईपुग्दा कस्तो लाग्यो ?” मैले जवाफ फर्काउनुभन्दा अगाडि नै रेडिमेड जवाफ आफैले भन्यो, “सरप्राइज, अनौठो, होइन त ? हामीलाई पनि पहिले त्यस्तै लागेको थियो। तर हेर्नुस दाई, मान्छेले बुझेपछि मात्र थाहा पाउँछ यसको कमाल, पारिको चाइनिजहरु त सब यसैको लागि आइ रहेका छन्।”


बस्ने कुर्सि तर्फलाग्दा नलाग्दै मैले दुबैजनाको आँखा हेर्दै स्पष्टसँग भनि दिएँ, “यो हजारौ मान्छे डुबाएर एकाधजना मालामाल हुने नेर्टवर्क बिजिनेस हो भने चाही मलाई नभन्नु होला है।” “हत्तेरिका काँ तेस्तो हुनु, यो त एकदम राम्रो हो, यो त आफैले गर्नु पर्ने बिजिनेस हो। जति गर्न सक्यो उति फाइदा हुने।” "त्यसो भए ठिकैछ, बुझौन त" मैले भने।


बिजिनेसमा बिक्रि गरिने सामानः



एउटा गोलो पिंध भएको गाढा हरियो रंगको आधा लिटर जति घनत्व भएको सिसि देखाउँदै भाइले बिजिनेसको ब्याख्या शुरु गर्यो। यस कम्पनीले प्रवाह गर्ने चारवटा उत्पादनहरु मध्ये यो एउटा बत्ती पनि रहेछ। यसमा बिभिन्न १९ प्रकारको तेल मध्ये एककिसिमको हालेर बालेर केहि क्षण छोडेपछि यसको तातिएको बत्तीको टुटिले तेललाई बाफ बनाएर वरिपरि छोड्दो रहेछ। यसरी तेलको वाफ भनौ वा ग्याँसले वरिपरिका हावा सफा गर्ने, सास सँगै निलीएर शरिरभित्र पसेपछि यसले शरिरमा भएको विभिन्न रोगहरु निको पार्न सक्छ भनेर त्यस भाईले ब्याख्या गरे। आफ्नो श्रीमतिको टाउको दुखेर बेहोसै हुने रोग डक्टरले निको पार्न नसकेको यसले चट्टै निको पारेको कुरा पनि सुनाए। यसलाई दोश्रो बिश्व युद्धमा पनि अस्पतालमा प्रयोग गरेको र र्सार्स लागेको बेला हंगकंगको अस्पतालहरुमा राख्न भनेर फ्रान्स सरकारले उपहार दिएको पनि थियो रे। यसको नाम ल्याम्बर्जे रहेछ। यसलाई एसियाको अन्त कतै किन्न पाइन्दैन खाली यसै कम्पनीले मात्र बिक्रि बितरण गर्दोरहेछ। कतै नसुनिएको कहिल्यै नदेखिएको तर निकै उपयोगि(?) भनीएको जिनिस देख्‍न पाइयो, एकप्रकार राम्रै लाग्यो।


दोश्रो उत्पादनमा आयो वाइन। वाइन सबैले थाहा पाइएको मदिरा तर यो भने फ्रान्समा बनेको AOC ग्रेडको वाइन रे। यो पनि बाहिर तिर कुनै पसलमा पनि पाइन्दैन रे। दाम पनि सोधि हाले, बोतलको ३,४ सय डलर पर्छ होला भने। फेरि बिजिनेसमा यो सामान पाएपछि यदी आफु नपिउने भए अरुलाई उपहार दिन सकिन्छ भनेर भाइले सुझाव पनि दिइ हाले।


त्यसपछि तेश्रो सामानको कुरा आयो, यो चाही शरिरमा मसाज गर्ने मल्हम तेल आदी हो रे। चौथो सामानहरुमा पनि महिलाहरुको सृंगारको सामानहरु रहेछ तर यो चाही बेलायतको राज घरनाले प्रयोग गर्ने गरेको यसलाई यस कम्पनीले हामी जस्ता सर्वसाधारणले समेत प्रयोग गर्न पाउँने बनाइ दिएकोकुरा सहर्षजानकारी गराए भाइले। यो पनि अन्त कतै बजारमा किन्न पाइन्दैन रे। भनेपछि चार किसिमको सामानमा ब्यापार गर्नु पर्ने रहेछ।


१) स्वस्थ्य रहन मदत गर्ने ल्याम्बर्जे भन्ने बत्ति, २) मदिरा वाइन, ३) मसाज गर्न हुने तेल वा मल्हम र ४) महिलाहरुको श्रृगारको साधन।


यी माथीका कुनैपनि उत्पादनहरु हाम्रो दैनिक जिवनमा अत्यावस्यक साधनमा पर्दैनन्। मुल्यको पनि विस्वास नभएकोले यसलाई मैले “फकाउनी सामान” भन्न मनासिब ठानेकोछु। तर यसको बजारमा माग हुन्छ भने ब्यापार गर्नै हुँदैन भन्ने पनि हुँदैन। यदी मुल्य र्सवसुलभ किसिमको छ भने सामान्य उपभोक्तहरुले पनि उपयोग गर्ने नै छन्। त्यसैले १३, १४ हजारको जागिर छोडेर फेरि बोसले बोलाउँदा बोलाउँदै पनि यसैमा फुल टाइम भएर लागेको भन्ने भाइको प्रशंगहरु रमाइला थिए।


तर मेरो जिज्ञासा भने एउटै थियो यो बिजिनेसमा लाग्दा लगानी के कसरि कति गर्नु पर्ने हो। मलाई भने लागेको थियो यतिका सोझो र इमान्दार भाइले ल्याएको हुनाले लगानी खासै लगाउनु पर्ने होइन होला, लगाउनै परेपनि यसको साझो-सोझो बिक्रि बितरण हुँदो हो, कमिशन खानु पर्दो हो।


लगानी र खटाईः


यहाँ तीन किसिमको लगानी हुँदो रहेछ। त्यसमध्ये २० प्रतिशत कमिशन भएको सबभन्दा सानो लगानीमा ५ हजार तिर्नु पर्ने रहेछ र यसवापत बिजिनेस लाइसेन्स र माथि उल्लेखित सामान पाइन्दो रहेछ। ३८ प्रतिशत कमिशन सहितको मध्यम किसिमको बिजिनेसमा ७० हजार लगानी गरेर ९० हजार बराबरको सामान पाइंदो रहेछ र ५० प्रतिशत कमिशन सहितको तेश्रो किसिमको बिजिनेसमा ३ लाख ३० हजार लगानी पर्दो रहेछ। यी मोटामोटि प्रावधान बाहेक अन्य प्रावधान र नियमहरु थुप्रै पनी रहेका छन्।


अब आयो यस बिजिनेसमा पसेर लाइसेन्स होल्डरहरुको काम। प्रत्येक होल्डरले आफुभन्दा मुनी ५ हजार तिर्ने ५ जना अन्य मान्छे खोज्नेछन्। एकजनाले ५ जना मान्छे खोजेपछि प्रत्येकबाट २० प्रतिशतको दरले एकएक हजार गरि आफ्नो पाँच हजार उकास्नेछन्। एबं रितले ५ जनाले २५ जना, २५जनाले पनि १२५ जना खोज्नेछन्। ति १२५ जनाले पनि ५,५ जनाको दरले ६२५ जना खोज्नेछन्। यसरि आफुभन्दा मुनी एउटा पिरामिडिकल रुप बन्दो रहेछ। यती भनेपछि मैले उहाँहरुलाई सोधें “यो त नेटवर्किंग बिजिनेस नै भयो नी होइन र ?”


भाईहरु पनि के कम, गुरुहरुबाट हस्तान्तरण हुदै आएको पुर्वतयारी जवाफ दिइ हाले, “होइन दाइ नेर्टवर्क भनेर मात्र हुदैन नी, यिनीहरुको पनि आ-आफ्नै प्रकृति हुन्छ नी। आखेरि यहाँ एउटा मःमः पसल खोलियो भने आफ्नो साथी भाइहरुलाई यसो फोनबाट भनिन्छ नी, मैले मःमः पसल खोलेको छु, यताउती साथीभाइहरुलाई पनी खबर गरेर आउने गर्नु है। , यो पनि त एक प्रकार नेटवर्किंग नै त हो नी, होइन र ? ”

तर्कको लागि त हो भन्नै पर्यो।


उहाँहरु श्रीमती सहित पुर्णकालिन रुपमा यसैमा लागि परेको र अब चाँडै प्रति महिना ४० हजार कमिसन आउने लागेको कुराको जानकारी दिए मलाई लिएर जाने भाइले। उहाँहरु बिच म कतिको नजिकको मान्छे वा कतिको बिश्वासिलो मान्छे भन्ने कुरा निकै क्लीयर भएर मात्र कुराको थालनी गरेको त्यो भाइले मलाई बिजिनेसको बारेमा सम्झाउँदा प्रयोग गरेको खेस्रा कागज भने लिएर जान दिएनन्। तर आफ्नो भने आइडि नम्बर समेत सम्पुर्ण बिबरण लिएर राखे।


आ-सामको सानो कथाः


यस बिजिनेसको बारेमा चर्चा गर्ने क्रममा अलि जान्ने भाइले यो एउटा कथा पनि सरर्र सुनाउन भ्यायो। कथा यस्तो छ :
मुख्य भुमि चिनको आ-सामले हंगकंगको केटासँग बिहे गरेपछि एउटा बच्चा पायो। तर केटा काम नलाग्ने बराला भएकोले उनले निकै दुख पायो। बच्चा र आफ्नो पेट पाल्न एउटा रेष्टुराँमा भाडा माझ्ने काम गर्न थाल्यो। यसै बिचमा ५ हजार लगानी गरेर नेटवर्किग बिजिनेस शुरु गर्ने र खट्न सके बिस्तारै मालामाल हुदै जान सकिने सल्लाह लिएर एकजना मान्छे उसको सर्म्पर्कमा आयो। उनले बडो दह्रो मुटु लिएर ५ हजार लगानि गर्‍यो र आफ्नो साथिहरुलाई पनि लाग्न भन्यो। तर उनको साथिहरुले उनको कुरा सुनेन। केहि महिना पछि उनको कमिशन महिनाको ३०,४० हजार हुन थाल्यो। यसै बिचमा उनी फेरि अधि भाडामाझ्ने भएर काम गरेको रेष्टुराँमा ग्राहक भएर आयो। तर उनका साथिहरुले बिजिनेसमा डुबेको हुनाले त्यहाँ गएको होला भन्ठानेर जिस्क्याउन थाल्यो “आ-साम बिजिनेस गरिस त?” भनेर। एकपछि अर्कोले यसरी जिस्क्याए पछि उनले अन्त्यमा प्रति महिना ३०,४० हजार कमिशन पाएको बैंकबुक देखाई दियो। यसपछि उनका ति सबै जिस्क्याउने साथीहरुको मुखमा बुजो लाग्यो र उनको सामुन्नेमा उभिन पनि सकेन।


यो कथा भनि सकेपछि त्यो भाइले भनेको थियो कि आफुले ५ हजार तिरेर लाइसेन्स र सामान लिए पछि यो पाँच जनालाई आफ्नो मुनी ल्याउनु पाउनु भनेको आफुसँग भएको पाँचवटा मणि (Ruby) आफ्नो मान्छेलाई बाँड्नु जस्तो हो। यसरी मोटामोटि कुरा बुझिसकेपछि बाँकी कुराहरु अर्को पटक बुझ्ने भनेर म त्यहाँबाट हिडेँ। त्यसपछि त्यस भाइले दिनमा एउटा फोन र एसएमएस पर्ठाई रहे। तर मैले टार्दे गएँ। तर त्यो भाइले भनेको कथाले मलाई यो लेख लेख्‍न प्रेरित गरेको हुनाले लेख्न बसें।


ल, ठिकै छ यो बिजिनेस राम्रो हो भने, हामी सबै मान्छे यसमा किन नलाग्ने। तर अब हेरौं यसो गर्दा के हुन्छ।


सबैले यस बिजिनेसमा लागे के हुन्छ ?






सर्बप्रथम तपाई एकजनाले ५ हजार डलर तिरेर सामान सहित एउटा बिजिनेस लाइसेन्स लिनुहुन्छ। त्यसपछि तपाईले ५ जना मान्छे खोज्नुहुनेछ र पाँचहजार सावाँ पनि लिनुहुनेछ। त्यो ५ पाँचजनाले फेरि २५ जना खोज्नेछन्। उनिहरुलेपनि सावाँ उकास्नेछन् र तपाईलाई पनि केहि कमिशन आउनेछ। त्यो २५ जनाले १२५ जना खोज्नेछन्। १२५ जनाले ६२५ जना खोज्नेछन्।


एवं रितले, यदि यो बिजिनेसमा संसारमा भएका सम्पुर्ण ६ अरब मान्छेले सहभागि जनायो भने पन्ध्रौं स्टेपमा १ अर्ब २२ करोड मान्छेहरु सावाँ उकास्ने र कमिशन खानेहरुमा पर्दछन् भने बाँकी ३ अर्ब ७८ करोड मान्छेहरु ५ हजार तिरेर “फकाउनी सामान” र लाइसेन्स मात्र लिएर बसेको अवस्था हुनेछ। यसपछि त संसार भरिका मान्छे नै सकिएको हुनाले कसैले कसैलाई बेच्ने अवस्था नै रहँदैन। यदि पहिले किनेर माथिल्लो अवस्थामा पुगेकाहरुले पनि पुनः ५ हजार तिरेर सहभागि भई तलकाहरुलाई उकास्ने प्रयत्न गरेर यसलाई चक्रिय प्रणाली अपनायो भने एकपटक यस्तो बिन्दु आइ पुग्नेछ कि संसार भरिको सबै पैसाहरु यस कम्पनीमा जम्मा हुनेछ र यसको उत्पादनले सबैको घर भरिनेछ। माथिल्लो तहकालाई केहि कमिशन बाँडेर यी सबैको रकमहरु यसको मालिकको कम्पनीमा केन्द्रिकृत भएर जम्मा हुनेछ।

यसपछि आ-सामको कथा यहाँ आएर बल्झिन्छ। अब उनको कमिशन आउन बन्द हुन्छ। पहिले कमाएको पैसा सकिन्छ। उनी फेरि त्यही पहिले आफुले काम गरेको रेष्टुरामा काम खोज्दै जान्छीन। पहिले उनले कमाएको देखेर त्यस रेष्टुरामा काम गर्ने सबै कामदार कर्मचारीहरुले ५, ५ हजार तिरेर यस बिजिनेसमा लागेका हुन्छन्। यसमध्ये एकदुइ जनाको मात्र सावा उठेको हुन्छ र बाँकि सबैजना त्यही ३ अर्व ७८ करोड भित्र पर्दछन्। ५ हजार खर्च गरेर त्यही लाइसेन्स त प्राप्त गरेका हुन्छन् कसैले कसैलाई आफ्नो मार्फ बिजिनेसमा तान्नु पर्ने मान्छे पाउँदैन। बिजुलीको बिल तिर्न धौधौ भएकोबेला त्यहि ग्यस फाल्ने बक्ती, चिया पिउन नसकेको बेला त्यही कहिले काँही मात्र पिउँने गरेको वाइन, नुहाउने साबुन नभएको बेला अनेकका सृगारका सामानहरु घरमा भित्रिएको हुनेछ। उनिहरु लगायत ३ अर्व ७८ करोड मान्छेको घरमा यो हालत हुन्छ। अब त्यहाँ भएका सबैले उनलाई गुनासो गर्दछन र उनको पालो उनिहरुको अगाडि झोक्राएर बस्ने हुन्छ।


दिइने सामान, माछालाई बल्छिमा चारोः


यो र अन्य यस्तै बिजिनेसमा दिइने जुन सामानहरु हुन्छन् हाम्रो दैनिक जिवनमा अनिवार्य होइनन् र यसमा तोकिएको मुल्यमा पनि विस्वाश गर्न सकिने आधार हुदैन। त्यसैले यसलाई फकाउनी सामान भन्दा हुन्छ। बियर नै पिउनुपर्छ भने ४, ५ सय डलर बोतल हालेर पिउँनुपर्छ भन्ने छैन। अर्थशाश्त्रको भावना अनुसार जति सक्दो सिमित साधनहरुद्धारा नै आवस्यकताको पुर्ति गरिनु पर्छ भन्ने सोचाई जस्तो सुकै सामान्य मान्छेमा परेको हुनाले यस सामानको मुल्य र उपादेयता देखेर नै मान्छेहरु पन्छिनेछन्। यो सामान्य आर्थिक अवस्थाको मान्छेको लागि बिलासिताको सामान नै पर्दछन्। यो बिजिनेस केहि गरि पनि नाफामा जान नसकेपछि वा प्रचारमा आउन नसकेपछि बिना बिज्ञापन प्रचारमा ल्याई बिक्री गरेर मालामाल हुने एउटा तरिका मात्र हो। जुन बस्तुलाई बजारमा बिक्री गरिन्दैन त्यसलाई मात्र यस्ता नेटवर्किग बिजीनेसमा बिक्री गर्नुको अर्थ के हो ? स्पष्ट छ, यसो गर्दा यसको मुल्य जति तोके पनि भयो। जुन बस्तुलाई बजार प्रतिस्पर्धा नै नगरि बिक्री गर्न सकिन्छ भने १० डलरको सामानलाई १०० डलरको भनिदिँदा कसले थाहा पाउँछ र ? सामान्य अवस्थामा यसरी यहाँ ५ जना सहाभागिहरु मध्ये एकजनाको सावाँ उक्सेको हुन्छ भने बाँकिहरुले “अनिच्छित” बिलासितको सामानमा बिजिनेस शुरु भएको भ्रममा “अनुपयुक्त मुल्य” तिरेर बसेका हुन्छन्। होइन भने यस्तो कम्पनीहरुले किन मान्छेलाई चाहिने आधारभुत र अनिवार्य समानको बिक्री गर्दैनन् ? खाद्यन्न, लत्ताकपडा आदिको यस्तो बिजिनेस गरेर देखाइदिए हुने थियो नि यदी सही कर्म गर्ने हो भने। वास्तवमा यहाँ प्रयोग भएको जे जस्ता समानहरु छन, यो माछा समाउनलाई बल्छिमा राखिएको चारो मात्र हो जहाँ ८० प्रतिशत माछाहरु मर्छन।


चलाक र अगाडिकाले मात्र नाफा गर्छन।


यस्ता प्रायः सबै बिजिनेसमा आफ्नै मान्छेलाई ढाँट्न सक्ने र अगाडि परेकाले मात्र सावाँ उकासेर नाफामा जान सक्छन्। आफ्नो ५ हजार लगानि भई सकेपछि यसलाई उकास्नलाई मात्र भएपनि इमान्दार मान्छे पनि भए नभएको कुराहरु लगाएर झुट बोल्न बाध्य हुन्छन्। यसमा तपाई आफ्नो पुरानो इमान्दारीताको छवि तपाई आफैले थाहै नपाई गुमाइ सकेको हुनु हुनेछ अरु कोहि होइन आफ्नै घरको मान्छेबाट शुरु गरेर। आफ्नै मान्छेले भनेको मात्र पत्याउने सम्भावना भएकोले आफ्नोले आफ्नैलाई यस्तो ब्यावसायमा तान्ने सम्भावना रहन्छ। त्यसमा पनि सिनियरहरुले आफुले ती सामानहरु प्रयोग गरेको र एकदम लाभदायक भएको कुरा भन्न चुकाउँदैनन्। तपाई हामीलाई फुर्क्याएर यति माथि उचाल्छन् कि मानौं हामी बिजिनेस नै नथालि कन करोडपति भइसकेकाछौं। तर यो वास्तवमा आफ्नो फसि सकेको पैसालाई कसरि उकास्ने हो भनेर गरेको एउटा बेदना पनि हो उसको। कसैलाई कुनै पनि ब्यावसायमा लगानी गर्न लगाउनुभन्दा अगाडि यसको सवल पक्ष र जोखिमी पक्ष दुबै बताउनुपर्ने कानुनी प्रावधान हुन्छ तर यहाँ यसको सवल पक्षमात्र उरालेर मान्छेलाई बहकाइन्छ तर यसको कुनैपनि जोखीमी पक्ष बताइएको हुदैन। यो बास्तवमा एउटा कानुनी अपराध पनी हो।


सरकारले किन प्रतिबन्ध लगाउँदैन ?


हजारौंको रकमले एकाधजना मोटाउने पिरामिडिकल नेर्टवर्क बिजिनेसलाई सबै देसले मान्यता नदिए पनि केहि देशले मान्यता दिइ रहेकोछ। अधिकांश जनता ठगिन्छन भन्ने जान्दा जान्दै पनि करको दायरामा आइसकेपछि कार्यवाहि गर्नुपर्ने दह्रो कानुनी आधार नपाएकोले पनि यसो भएकोछ। वास्तवमा यो पुँजिवादको चरम बिकृती हो। देशमा यदी सबैले बहुबिवाह गर्छन भने बहुबिवाह बिरुद्धको कानुन ल्याउन आवस्यक नठानिए झै यस बिजिनेसमा पनि जसरी हुन्छ कमाउको अवधारणा भएको देशमा यस्तो भएको हुनसक्छ। त्यसमा पनी कसैलाई कन्भिन्स् गरेर बिजिनेसमा लगाउँदा ठिकबेठिक छुट्याउने काम आफ्नै हो भनेर सरकार र कानुन नै मौन भएको छ। तर र्सवसाधरण जनतामा यस लगायत सबैकुरामा निर्णय गर्ने पुर्ण क्षमता हुदैन र यो एउटा आधुनिक ठगि अपराध हो भनेर पुर्ण रुपमा प्रतिबन्ध लगाउनुपर्दछ। यसतर्फसमाजशास्त्रि, कानुनबिद र अर्थबिदहरुले गहण भएर सोच्नु आवस्यक छ। जुवा तास जस्तै प्रतिवन्ध लगाउनु पर्दछ।


अन्त्यमा सबैको हविगत एकै हो।


यसरी मालामाल भइने भनेर भ्रामक प्राचरमा आएका यस्ता नेटवर्किग बिजिनेसहरु पहिले पनि थुप्रै थिए र फेरि पनि आउनेछन्। सुनिदैछ हंगकंगको नेपाली समुदायको बिच यो र अर्को युनिटिलाइफ(Unity life) भन्ने अर्को नेर्टवर्क बिजिनेस प्रचारमा आइ रहेकोछ। यिनीहरुको प्रकृति फरक भएपनि मुलमन्त्र एउटै हो। झट्ट हेर्दा एकदम राम्रो लाग्दछ। यसको कमजोरि थाहा पाउन गार्हो हुन्छ , किनभने हामिलाई भनिएको नै हुदैन। तर जब उनिहरुले राम्ररी फकाउन थाल्छन यसैबाट थाहा पाउनु पर्ने हुन्छ यो गतिलो काम होइन। आजसम्म गतिलो काममा कसैले कसैलाई कन्भिन्स गर्नु र फकाउनु पर्छ जस्तो लाग्दैन। हाल सम्मको अनुभवलाई हर्ेदा यो सिमित अवधिकोलागि मात्र टिकेकोछ। झुलुक्क झुल्केर हर्राई हाल्ने यस्ता बिजिनेसले केहिलाई केहि अवधिकोलागि केहि माथि उठाएको जस्तो देखिएपनि अन्त्यमा सामान्य जिवनमा पहिलेको आफ्नै पेशामा फर्किनु परेको कट्टुसत्य हाम्रो अगाडि छँदैछ। गोल्ड क्वेस्टमा रातारात धनी हुनलागेको आभास पाएर अब चाँडै अमेरिकामा घर किन्ने हैसियत हुनलागेको नेपालीहरु पुनः कुल्ली काममा फर्केको उदाहरणहरु हाम्रै अगाडि छन्।


उपसंहारः

यो वा यस्तै नेर्टवर्क बिजिनेसमा लाग्नुभएका सम्पुर्ण मित्रहरु, यस्तो कर्म धार्मिक रुपमा महापाप हो, कानुनि रुपमा अपराध र सामाजिक रुपमा अनैतिक हो। दिउँसै डकैति हो। किनकी यस बिजिनेसमा लाग्ने मान्छेको संख्या सिमित हुन्छ र अन्त्यमा सबभन्दा तल (Bottom level) कोहि न कोहि त परि नै हाल्छन्। सबभन्दा तल पर्नेको सख्याँ सामान्यतः यहाँ माथिको प्रकृतिको बिजिनेसमा ८० प्रतिशत हुन्छ। तल परेका यी ८० प्रतिशतलाई ठगि गरेर आफु चाँडै धनि बन्ने सपना त्यागेर सर्त्कर्ममा लाग्नुहोस र आत्मालाई सुखी र खुसि राख्नुहोस। आगे तपाईको इच्छा, तपाई एकाधजना करोडपति भएर बस्नोस म चाही सेक्युरिटि गार्ड नै गर्न तयार छु। तपाईलाई गार्डको आवस्यक परेमा पनि मलाई चाही यो हाम्रो बिरोधी हो भनेर जागिर नदिए नदिनुस, बरु भोकै मरुँला।